निषेधाज्ञा तोड्न नदिन यस्तो छ उपत्यका प्रशासनको तयारी

काठमाडौँ : दैनिकजसो नाराबाजी हुने माइतीघर मण्डला यतिखेर सुनसान छ। प्रदर्शनकारीहरू यसअघि पाल नै टाँगेर आन्दोलन गर्थे।जसकारण उक्त क्षेत्र कुरूप देखिएको थियो तर अहिले माइतीघर मण्डलामा बीच सडकमा ‘निषेधित क्षेत्र’ लेखिएको ब्यानर र जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेको आदेशपत्र झुण्ड्याइएको छ। यहाँ अहिले कोही आन्दोलनकारी छैनन्, छन् त प्रहरी मात्र।नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वकाे समूहल