आसन्न स्थानीय तह निर्वाचनमा महानगर प्रमुख र उपप्रमुखको उम्मेदवारको छलफल लागि नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजेबाट बैठक भइरहेको काँग्रेस सहमहामन्त्री महेन्द्र यादवले रातोपाटीलाई बताए । सत्ता गठबन्धनभित्र चुनावी तालमेलका क्रममा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ । काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवार खडा गर्ने छ । यस्तै भरतपुर, पोखरा र वीरगञ्ज