कुलमान घिसिङले गरे रामेछापबाट मतदान

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका वडा नं ४ डहु मतदान केन्द्रबाट मतदान गरेका छन्। कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन्।माओवादीबाट काठमाडौंमा उम्मेदवार उठ्ने हल्ला चलेको भए पनि अन्तिममा आएर सहमति नभएपछि उनले उम्मेदवारी दिएका थिएनन्।