प्रदेश १ मा प्रतिनिधिसभा र प्रदेशसभा गरेर ९४७ जना उम्मेदवार कायम भएका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता पछि आज साँझ ७ बजेसम्म संकलन भएको विवरण अनुसार सो संख्यामा उम्मेदवार कायम रहेका हुन् । प्रदेश १ मा प्रतिनिधिसभातर्फ २८ निर्वाचन क्षेत्र छ । जसमा ४३७ जना उम्मेदवार कायम भएका छन् । प्रदेश १ को २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ४५३ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये १८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै प्रदेशसभा तर्फ ५१० जना उम्मेदवार कायम भएका छन् । ५६ वटा प्रदेश
२५ असोज, विराटनगर । ४ मंसिरमा हुने चुनावमा प्रदेश १ का मुख्यमन्त्रीसहित १० जना मन्त्री पुनः उम्मेदवार बनेका छन् । मुख्यमन्त्री राजेन्द्र राईसहित ९ जना मन्त्री प्रदेशमा र एक जना मन्त्री प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् । प्रदेश १ को प्रदेशसभाको पहिलो कार्यकाल पूरा गरेका ९३ प्रदेशसभा सदस्यमध्ये २९ जना पुनः प्रदेशसभाको उम्मेदवार बनेका छन् […]
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार उम्मेदवार मनोनयन दर्ता भएको छ ।निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार प्रदेश १ मा यसअघि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रहेकामध्ये धेरैले पुनः उम्मेदवारी दिएका छन् ।प्रतिनिधिसभामा दोहोर्याउनेहरू फेरि भिड्दैझापाको निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाका निवर्तमान सांसद राजेन्द्र लिङ्देन पुनः उम्मेदवार बनेका छन् । यस्तै झापाको क्षेत्र नम्बर ४ बाट एमालेका एलपी साँवा लिम्बू, झा
२२ असोज, विराटनगर । प्रदेश १ का ५६ मध्ये १७ वटा प्रदेशसभा क्षेत्र भागमा पाएको माओवादी केन्द्रले लगभग सबै उम्मेदवार टुङ्गो लगाएको छ । सत्तारुढ गठबन्धनमा भागवण्डा गर्दा माओवादीले प्रदेशमा १७ वटा प्रत्यक्ष तर्फ सिट पाएको छ । ती मध्ये अधिकांशमा माओवादीले उम्मेदवार टुंगो लगाएको हो । पाँचथरको प्रदेशसभा २ बाट प्रदेश सरकारका आर्थिक मामिला […]
राष्ट्रियसभा सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा प्रदेश १ बाट गठबन्धनका २ र एमालेका एक जना उम्मेदवार विजयी भएका छन्। विजयी हुनेहरूमा गठबन्धनका गोपालबहादुर बस्नेत र जयन्ती राई छिन्।...
१६ मंसिर, विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले प्रदेश १ समितिको सभापतिको उम्मेदवार गुरुराज घिमिरेलाई बनाउने भएको छ । प्रदेश १ सभापतिमा संस्थापन इतरपक्षबाट गुरुराज घिमिरे र प्रदेश १ को प्रदेशसभा संसदीय दलका नेता राजीव कोइराला दाबेदार थिए । तीन दिनको छलफलपछि कोइरालाई केन्द्रमा पठाउने सहमति भएको सभापतिका उम्मेदवार गुरुराज घिमिरेले बताए । ‘राजीव […]
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई प्रदेश १ मा सभापतिको उम्मेदवार बनाएको छ । बिहीबार पौडेल पक्षीय प्रदेश १ का शीर्ष नेताको बैठकले घिमिरेलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा सहभागी काँग्रेस नेता तथा रक्षामन्त्री मिनेन्द्र रिजालले घिमिरेलाई सभापतिको उम्मेदवार बनाएको रातोपाटीलाई जानकारी दिए ।प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले झापा काँग्रेसका पूर्व सभापति उद्धव थापा प्रदेश सभ