जितपुर–सिमरा गोल्डकपको उपाधि एनआरटीलाई

ए डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी) ले १२औं जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा ए डिभिजन लिग क्लब एपीएफ फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै एनआरटी उपाधि उचाल्न सफल भएको हो । सिमरा रंगशालामा एनआरटीको जितका लागि मेसुके ओलोमइ र स्टेफन समिरले समान दुई–दुई गोल गरे । त्यस्तै दीपेश घलेले एक गोल गरे ।  एनआरटीको यो वर्षको पहिलो उपाधि हो । पहिलो हाफमा इन्ज्युरी समयमा मेसु केले फ्रिकिकमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थ