सनातन धर्ममा नागको महत्त्व : भगवान् शिव, विष्णुदेखि कृष्ण र बुद्धसम्मका सारथि

आज नेपाल र भारतमा नाग पञ्चमी पर्व मनाइँदैछ । श्रावण शुक्ल पञ्चमीका दिन नागहरूको पूजाआजा गरी नागको तस्वीरमा दूध र दूबो चढाएर पर्व मनाउने गरिन्छ । नागपूजनको वैज्ञानिक, आध्यात्मिक र दार्शनिक महत्त्वका विषयमा धेरै मानिसले जानकारी राखेका हुँदैनन् । अहिले यसलाई कर्मकाण्डका रूपमा मात्र हेरिने गरेको छ ।  सनातन धर्ममा सर्पहरूलाई देवताकै रूपमा मान्ने गरिएको छ । भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्नुहुन्छ भने भगवान् शिवजी आफ्नो गलामा वासुकी नाग धारण गर्नुहुन्छ । पुराणहरूमा वर्णन गरिने समुद्र मन्थनमा वासुकी नागलाई डोरी तथा ...