नेपालीको आकर्षक श्रम गन्तव्य दक्षिण कोरियाको रोजगारी तत्काल खुल्ने अवस्था देखिएको छैन । झन्डै १७ महिनादेखि कोरियामा नेपाली श्रमिकलाई प्रवेश गराउन सहजीकरणका लागि ईपीएस नेपाल र कोरियाली पक्षले प्रयास गरिरहेको भए पनि तत्काल जाने सम्भावना नदेखिएको हो । कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका झन्डै १० हजार युवा अन्योलमा छन् ।