‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नारासाथ ‘सुरक्षित इन्टरनेट दिवस–२०२२’ नेपालमा पनि मनाइँदैछ । साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यसाथ यो दिवस मनाइन्छ । विश्वका १७० भन्दा धेरै देशमा दिवस अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् ।यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरू, विद्यालयहरू, अभिभावकहरू, सामाजिक संस्थाहरूका