पर्वत : कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा पर्वतका थप दुई जनाको मृत्यु भएको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेमा कुस्मा नगरपालिका–४ कुस्माका ६७ वर्षीय पुरुष र वडा नं १ पाङका ४७ वर्षीय पुरुष छन्।कुस्माका पुरुषको सोमबार बिहान सात बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो। गत वैशाख २२ गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषमा निमोनियाको समेत समस्या थियो।यस्तै पाङका पुरुषको आइतबार दिउँसो धौलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा निधन