अफगानिस्तानमा रोयटर्सका फोटो पत्रकार दानिश सिद्दीकीको ज्यान गयो

काठमाण्डाै – पुलित्जर पुरस्कार विजेता भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको अफगानिस्तानमा ज्यान गएको छ । भारतका लागि अफगानिस्तानका राजदूत फरीद मामुन्दजईले यस खबरको पुष्टि गर्नुभएको छ । स्पिन बोल्दाक जिल्लामा तालिबान र अफगान सुरक्षा फौजको झडपमा परि सिद्दीकीकाे ज्यान गएकाे हाे ।  अफगानिस्तानको टीभी च्यानल टोलो न्युजका अनुसार कन्धारको स्पिन बोल्दाक जिल्लामा भइरहेको सङ्घर्षको रिपोर्टिङ गर्ने क्रममा सिद्दीकीको ज्यान गएको हो । तालिबान समूहले बुधवार स्पिन बोल्डक सहर र त्यहाँ पाकिस्तानसँग जोडिएको एक महत्त्वपू...

सम्बन्धित सामग्री

दुई दिन अघिमात्र आफूलाई ‘भाग्यमानी’ ठानेका भारतीय पत्रकार अफगानिस्तानमा मारिए

रोयटर्स समाचार एजेन्सीका लागि काम गर्दै आएका भारतीय फोटो पत्रकार दानिश सिद्दीकी अफगानिस्तानमा सरकारी सुरक्षा बल र तालिबान लडाकुबीचको संघर्षका क्रममा मारिएका छन् ।रोयटर्स समाचार एजेन्सीले उनको मृत्यु भएको पुष्टि गरेको छ । एक अफगान कमाण्डरलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार अफगानिस्तानको विशेष सुरक्षा बलको एउटा टुकडीले स्पिन बोल्डक सहरलाई पुनः नियन्त्रणमा लिन प्रयास गरिरहेको समयमा तालिबान लडाकुसँग मुठभेड भएको थियो । सोही क्रममा फोटो पत्रकार दानिशका साथै एक अफगान अधिकारी पनि मारिएको जनाइएको

अफगानिस्तानको युद्धमा भारतीय पत्रकारको मृत्यु

१ साउन, काठमाडौं । अफगानिस्तानको कन्धार प्रान्तमा तालिबान र सरकारी सेनाबीचको युद्धको क्रममा भारतीय फोटो पत्रकार दानिश सिद्दीकी मारिएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अफगानी सेनाका वरिष्ठ अधिकारीले यो समाचारको पुष्टि गरेका हुन् । दानिशको मृत्यु कन्धार प्रान्तको स्पिन बोल्डाक जिल्लामा तालिबानसँग अफगानी सेनाको युद्धको क्रममा भएको समाचारमा बताइएको छ । बुधबार तालिबानले […]