वर्षौदेखि अलपत्र जोरपाटी–सुन्दरीजल सडक कालोपत्रे शुरू

काठमाडौं : जोरपाटी–सुन्दरीजल सडकको कालोपत्रे काम शुरू भएको छ।वर्षौदेखि अलपत्र सडकको कालाेपत्रे गर्ने काम मंगलबार बेलुकीदेखि शुरू भएकाे गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले जानकारी दिए। उनले कालाेपत्रेको काम निरन्तर गर्दै जाने बताए। ‘हिजोबाट कालाेपत्रे शुरू भएको छ, छिट्टै काम सक्ने योजनामा छौं,’ उनले भने। उनका अनुसार अहिले नाम्गेल,भैरवचौर लगायत क्षेत्रमा कालाेपत्रे भैरहेकाे छ।जोरपाटी–सुन्दरीजल सडकको ७ किलोमिटर निर्माणका लागि कर

सम्बन्धित सामग्री

दैनिक तीनपटक पानी हाल्ने सहमतिपछि खुल्यो जोरपाटी -सुन्दरीजल सडक

काठमाडौं : जोरपाटी-सुन्दरीजल सडकमा धुलो हटाउन दैनिक तीनपटक पानी हाल्ने सहमतिपछि सडक अवरुद्ध हटेको छ। समयमै सडक कालोपत्रे नभएको र धुलो र धुवाँका कारण मानवजीवनमा अस्तव्‍यस्त भएको भन्दै शनिबार बिहानैदेखि स्थानीयले सडक काठ र बाँस तेर्स्याएर सडक अवरुद्ध पारेका थिए।गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण सर्वांगिण विकास समन्वय समितिका सचिव एंव स्थानीय ईश्वर पाण्डेले अनुसार स्थानीय,गोकर्णेश्वर नगरपालिका वडा ४ बीच दैनिक तीनपटक पानी हाल्ने र सडक छिटो पिच गर्ने सहमति भएपछि दिउँसो करिब १ बजेबाट सडक अवरु