'एक युनिट पनि विद्युत खेर फाल्नु हुँदैन,'कुलमान भन्छन्,'गाउँ गाउँमा विद्युतीकरणको काम हुँदैछ'

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक युनिट पनि विद्युत खेर फाल्न नहुने बताएका छन्। बिहीबार नेपाल

सम्बन्धित सामग्री

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकोे सुरुङको परीक्षण शुरु

वैशाख, १९, दोलखा । बहुचर्चित ४५६ मेगावाट(मेवा) क्षमताको राष्टिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङको परीक्षण शुरु गरिएको छ । शनिवार दिउँसोबाट  सुरुङमा पानी पठाई सुरुङको परीक्षण शुरु गरिएको हो ।  आयोजनाले गत वैशाख ८ गतेबाट ड्याममा पानी भर्ने तथा वैशाख १२ गतेबाट सुरुङमा पानी पठाई परीक्षण गरीने जानकारी सार्वजनिक गरेतापनि शनिवार दिउँसोबाट सुरुङमा पानी पठाउन सुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ ।  सुरुङको परीक्षण सम्पन्न गर्न करीब १०/ १२ दिन जति लाग्ने आयोजनाका प्रवक्ता डाक्टर गणेस प्रसाद न्यौपानेको भनाइ छ । सुरुङको परीक्षण सफल भएपछि पेनस्टकको तथा अन्य आवश्यक परीक्षणहरु सम्पन्न गरिए पश्चात आयोजना विद्युत् उत्पादनको अवस्थामा पुग्ने प्रबक्ता न्यौपानेले बताए ।   सबै परीक्षणहरु सफल भए पश्चात मात्र विद्युतको परीक्षण उत्पादनको मिति तोक्न सकिने उनको भनाइ छ । वैशाख अन्तिम सम्ममा छ ओटा मध्ये एक युनिटबाट परीक्षणको रुपमा ७६ मेघावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।  आयोजनाको प्रसारण लाईनको काम करीब सकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । फुलासी सबस्टेशनको सिभिल संरचनाको काम समाप्त भइ उपकरण जडानको काम भइरहेको छ ।  यस्तै दोलखाको शहरेमा रहेको मल्टिसर्किट टावरको निर्माण शुरु भएको बताइएको छ । सिँगटी निकट भाँचिएको प्रसारण लाईनको टावरको जग निर्माणको काम सम्पन्न भई टावर  निर्माणको काम भइरहेको आयोजनाले बताएको छ ।  फुलासी सबस्टेशनमा उपकरण जडान कार्य कारणबस सम्पन्न नभए पनि आयोजनाबाट उत्पादीत विद्युत खेर नजाने आयोजनाको दावी छ । यदि यस्तो परिस्थितिआएमा खिम्ती–काठमाडौं अथवा खिम्ती–ढल्केवार प्रसारण लाईनबाट पनि विद्युत् पठाउन सकिने  आयोजनाका प्रवक्ता न्यौपानेले बताए । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लामावगरस्थित ड्याममा रोलवालिङ खोलाको पानी मिसाउनको लागि आवश्यक संरचना बनाउन टेन्डर प्रक्रिया शुरु भएको आयोजनाको भनाइ छ । आयोजनाका छ ओटै युनिट पूर्ण क्षमतामा संचालनमा आउँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

आठ वितरण केन्द्रमा १७ करोड युनिट विद्युत खेर

काठमाडौं, साउन २४ – नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रअन्तर्गतका आठ वितरण केन्द्रमा मात्रै १७ करोड १९ लाख २२ हजार ५४ युनिट विद्युत् ...

कसरी गयो हेटौँडा वितरण केन्द्रबाट १७ करोड युनिट विद्युत खेर ? :: Pahilopost.com

रमेश लम्साल  काठमाडौँ : नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रअन्तर्गतका आठ वितरण केन्द्रमा मात्रै १७ करोड १९ लाख २२ हजार ५४ युनिट विद्युत् खेर गएको छ ।  आर्थिक वर्ष २०७३/७४ मा सो वितरण केन्द्रलाई एक अर्ब ११ करोड ७२ लाख तीन हजार ९६ युनिट विद्युत् उपलब्ध गराएको थियो ।