पोखरामा रोपाईं महोत्सवको रौनक

पोखरामा १७ औं असारे रोपाईं महोत्सव सम्पन्न भएको छ । विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई लक्षित गरेर बुधबार पोखरा पर्यटन परिषद्को आयोजनामा ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ १७ औं असारे रोपाईं महोत्सव भएको हो ।पोखराको माईस्थानमा १० रोपनी खेतमा भएको रोपाईं महोत्सवमा किसानहरुसहित पर्यटन व्यवसायीले उत्साहीत भएर मनाएका थिए । महोत्सवमा विभिन्न किसिमका […]

सम्बन्धित सामग्री

खेतका गह्रामा किसानको रौनक (फोटो फिचर)

काठमाडौं : यस वर्षको मनसुन समयमा संक्रिय हुँदा देशभर रोपाईंको चहलपहल सुरू भएको छ। देशका विभिन्न क्षेत्रमा यतिबेला किसानहरूलाई धान रोप्ने चटारो छ। कोरोना महामारीका बीच पनि कृषक खेतमा रोपाईंमा सक्रिए छन्।विभिन्न जिल्लामा धान रोपाईं जारी छ। यसैक्रममा मंगलबार ललितपुरको छम्पिमा पुग्दा त्यहाँका किसान धान रोप्न व्यस्त भेटिए। यो वर्ष बेलै मनसुन सक्रिए हुँदा धान रोप्न पाएकोमा किसानले खुशी व्यक्त गरे।

भक्तपुरमा रोपाईंको रौनक

भक्तपुर : मनसुन भित्रिएसँगै परेको अविरल वर्षापछि भक्तपुरका किसानहरुलाई रोपाईंको चटारो परेको छ।कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेपनि खेती किसानी गर्ने कार्यलाई प्रशासनले सहजीकरण गर्ने निर्देशन दिएसँगै किसानहरु निर्धक्क रोपाईंमा व्यस्त भएका छन्।जेठको अन्तिम सातादेखि वर्षा हुन थालेपछि असारको पहिलो साता नै भक्तपुरका अधिकांश स्थानमा खेतका गह्राहरुमा किसानहरुको मेला जस्तै लागेको छ। कोही खेत खन्ने, कोही बाउसे गर्ने, कोही बिउ काढ्ने, कोही रोपाईं गर्ने, रोपाईंको