कांग्रेसमा समान अवसर र न्यायको माग, सानेपामा कोइराला समूहको धर्ना
आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले बुधबारदेखि आन्दोलन थाल्दैछ । कोइराला समूहका नेताहरुले बुधबार सानेपास्थित पार्टी मुख्यालयमा पार्टीका उम्मेदवार चयनमा समान अवसर र न्यायकोलागि धर्ना दिन लागेका हुन् ।