काठमाडौँ : सांसद दीपकबहादुर सिंहले किसानहरूलाई दूधको भुक्तानी दिन सरकारसँग आग्रह गरेका छन्।शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद सिंहले किसानहरूले दूधको भुक्तानी नपाएर आन्दोलित हुनुपरेको भन्दै दूधको भुक्तानी गर्न सरकारसँग माग गरेका हुन्।उनले सांसदहरूलाई निर्वाचन क्षेत्र विकासका लागि दिने भनिएको पाँच करोड रुपैयाँ किसानलाई राहत दिनुपर्ने बताए। उनले सहकारीले पार्टीका नेताहरूको छत्रछायाँमा जनताको अरबौँ रुपैयाँ खाएको पनि बताए।उनले भने, ‘सहकारीहरूले पा