विराटनगर : प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि मतदान सुरु भएको छ। राष्ट्रियसभा सदस्य पदका लागि सामाजिक विकासमन्त्री जयराम यादवले पहिलो मतदान गरेका छन्। तीन सिटका लागि सत्ता गठबन्धन, एमाले राप्रपाका गरी ८ जनाको उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन्।यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पनि मतदान गरिसकेका छन्। महिला र अपाङ्गता वा अल्पसंख्यक गरी तीन सिटका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोपालकुमार बस्नेत, महिलामा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपाङ्गता