जडीबुटी संघ, हुम्लाको अध्यक्षमा लामा चयन

सिमकोट- जडिबुटी संघ, हुम्ला जिल्लाको अध्यक्षमा छिरिङ तन्जिन लामा सर्वसम्मत चयन भएका छन्। शनिबार भएको संघको साधारणसभाले नयाँ अध्यक्षमा लामालाई चयन गरेको हो। संघको उपाध्यक्षमा बलवीर शाही र भैरे तामाङ चयन भएका छन् भने सचिवमा राजबहादुर शाही, सहसचिवमा लोकबहादुर ऐडी, कोषाध्यक्षमा पेमा आङ्जिन लामा सर्वसम्मत चयन भएका छन्। त्यसैगरी, संघको सदस्यमा छिरिङपाल्दन लामा, फागुने महतारा, […]

सम्बन्धित सामग्री

सङ्घीयता व्यावहारिक रूपमा कार्यान्वयन नहुँदा समस्या

कैलाली पूर्णतया तराईको समथर भूभाग भएको जिल्ला भन्ने धेरैको बुझाइ हुन्छ । यस जिल्लाको ४० प्रतिशत भूभाग पहाडी क्षेत्रमा पर्छ । यहाँका मोहन्याल र चुरे गरी दुइटा गाउँपालिका पहाडी क्षेत्रमा पर्छन् । चुरे गाउँपालिका फलफूल, वनजङ्गलसँगै जडीबुटी र तरकारी उत्पादनको पकेट क्षेत्र मानिन्छ । २०४९ र २०५४ सालमा दुई पटक तत्कालीन खैराला गाविसका अध्यक्ष भइसक्नुभएका चक्रबहादुर बोगटी यस पालिकाको अध्यक्ष हुनुहुन्छ । ५६ वर्षीय बोगटी नेकपा (एमाले) बाट पालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रस्तुत छ, चुरे क्षेत्रको विकास, चुनौती र सम्भावनाका बारेमा पालिका अध्यक्ष बोगटीसँग गोरखापत्र दैनिकका सुदूरपश्चिम प्रदेश संयोजक प्रकाशविक्रम शाहले गरेको कुराकानी :

मुगमकार्मारोङमा राज्यको दृष्टि अझै परेन

कर्णालीका ७९ स्थानीय तहमध्ये सडक मार्गले नजोडिएको एक मात्र पालिका हो, मुगुको मुगमकार्मारोङ गाउँपालिका। सोही पालिका अध्यक्षमा दोस्रो पटक निर्वाचित छिरिङ क्याप्ने लामाले विकास, समाजसेवा र नागरिकको हकहितका लागि खट्ने जुझारु एक पाको नेतृत्वको पहिचान बनाउनुभएको छ। जिल्ला सदरमुकाम गमगढी बजारदेखि ५० किलोमिटरको मुगमकार्मारोङ पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ। भौगोलिक रूपमा दुर्गम भए पनि प्राकृतिक सौन्दर्य र बहुमूल्य जडीबुटी यार्सागुम्बाका कारणले प्रख्यातसमेत छ। प्रस्तुत छ, गाउँपालिका अध्यक्ष लामासँग गोरखापत्रका मुगु समाचारदाता हरिकृष्ण ऐडीले गर्नुको कुराकानी–