गत १७ असारदेखि लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन-२०७७ कार्यान्वयनमा ढिलाइ भएको भन्दै खेलकुद सम्बद्ध निकायले आलोचना गर्न थालेका छन् । ऐन कार्यान्वयनका लागि नियमावली बन्ने क्रममा छन भने गठन हुनुपर्ने बोर्डले पनि पूर्णता पाएको छैन । बोर्ड गठन हुन नसक्दा ऐनले बोकेको मर्मलाई सम्बोधन गर्न पनि ढिलाइ भएको छ