काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाललाई दुई दशकभित्र गरिबीमुक्त गर्न सकिने बताएका छन्। चुनौतीपूर्ण अवस्थाका बीच उज्ज्वल सम्भावना रहेको भन्दै उनले युवा बहुल जनसंख्या भएको देशमा विकासको गतिलाई तीव्रता दिन सकिने धारणा व्यक्त गरे।नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले निजी क्षेत्रसँगको सहकार्यमा देशमा गरिबी अन्त्य गर्न सकिने धारणा व्यक्त गरेका हुन्। परिसंघले अघि सारेको ‘मेक इन नेपाल स्वदेशी अभियान’ ले आयात प्रतिस्थापन र