जाजरकोट : नलगाड नगरपालिका–८ की लक्ष्मी केसीको दैनिक बिहान, बेलुकी बाख्रालाई चरिचरण क्षेत्रमा लिने र ल्याउँदैमा दिन बित्छ। उनी अहिले कक्षा १० मा पढ्ने विद्यार्थी हुन्।सहर, बजारमा अनलाइनबाट कक्षा लिएको कुरा फोनमा थाहा पाएपछि उनको मन भक्कानिएर आउँछ तर लक्ष्मीको घरमा मोवाइल चार्ज गर्नेसम्मको विद्युत छैन। गाउँमा सोलारबाट चार्ज गरेर ल्याएको मोबाइलमार्फत साथीहरूलाई फोन गरेर पढाइका विषयमा बुझ्नुबाहेक लक्ष्मीले केही गर्न सक्ने अवस्था नभएको बताइन्। उनी भन्छिन्, ‘गाउँमा विद्युत, इन्टरनेट त