राष्ट्रिय सभा उपनिर्वाचन– सूर्य चिह्नबाट बादल, एमालेका खिमलाल कांग्रेस-माओवादीका साझा उम्मेदवार !

आफू पदमुक्त भएपछि रिक्त बनेको राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका छन् । अघिल्लोपटक माओवादी केन्द्रबाट निर्वाचित भएका थापा माओवादी छाडेर एमालेमा लागेपछि पदमुक्त भएका थिए । जेठ ६ गते हुने उपनिर्वाचनका लागि विपक्षी गठबन्धनले भने एमाले माधव नेपाल पक्षका डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ । डा. देवकोटाले माओवादी सांसदलाई प्रस्तावक र कांग्रेस सांसदलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएका छन् । आज अपराह्न ४ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ । ...