वैवाहिक जीवनपछि सन्तान प्राप्त गर्ने चाहना सबैको हुन सक्छ। तर, केही दम्पत्तीलाई बाँझोपनका कारण सन्तान लाभ हुँदैन। केही समयअघिसम्म हाम्रो समाजले बाँझोपनको सबै दोष महिलालाई मात्र दिन्थ्यो। तर, अब समय फेरिएको छ। बाँझोपन रोग हो र यो पुरुष या महिला जसलाई पनि हुन सक्छ।