पर्वत : नेपालको संविधानको भाग ३ को मौलिक हक अन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरिएको छ। जसको उपधारा ४ मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने छ’, भनिएको छ।संविधानकै भाग ८ मा रहेको सङ्घीय व्यवस्थापिका सम्बन्धी व्यवस्थाको धारा ८४ को उपधारा ८ मा ‘यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनु पर्ने छ&rsqu