बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्योग पाठशालाको स्थापना गर्न उद्योगीलाई आग्रह गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको पाँचौँ सभालाई सम्बोधन गर्दै औद्योगिक क्षेत्रका मजदूरलाई तालिम दिएर मात्र उद्योग क्षेत्रको विकासमा गति पैदा हुने विश्वास व्यक्त गरे ।उद्योग पाठशालाको स्थापना गर्न आग्रह गर्दै उनले भने, “उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता हो । मजदुरका लागि आवश्यक तालिम सञ्चालन गरेर हामीले दक्ष कामदार उत्पादन गर्न