कीर्तिपुरमा क्रिकेट क्रेज : स्टेडियम भरिएपछि रुख चढेर खेल हेर्दै दर्शक, सडकको दायाँबायाँ पार्किङ

काठमाडौं :  क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको हो। अहिले नेपाली क्रिकेटर लक्ष्य भेटाउन क्रिजमा छन्। आजको खेल नेपाललाई जित्नै पर्ने दबाब छ। आजको खेल जितेको खण्डमा…

सम्बन्धित सामग्री

उचित हेरचाहले मात्रै गर्न सकिन्छ ग्रिन प्लान्टको व्यवस्थापन

काठमाडौं । घरलाई आकर्षक देखाउन विभिन्न सामग्री प्रयोग गरिन्छ । यिनै सामग्रीको उचित सजावट र संयोजनले घरलाई सुन्दर बनाउँछ । आर्किटेक्ट डिजाइन, इन्टेरियर डिजाइन, अनुभवी कामदार, गुणस्तर सामग्री, खुला ठाउँ, हरियाली बगैंचा, पर्याप्त पार्किङ आदि सबै घरका सौन्दर्य र शोभा हुन् । घरभित्र र बाहिर राखिने हरियालीयुक्त रुख–बिरुवा जसलाई ग्रिन वा हाउस प्लान्ट भन्ने गरिन्छ । यसलाई इन्डोर र आउटडोर प्लान्टको नामले पनि चिनिन्छ । यसको उपस्थितिले घरलाई आकर्षक, सुन्दर, रमणीय र अक्सिजनमय बनाउनमा ठूलो भूमिका खेलेको हुन्छ । हरियाली रुख–बिरुवाको आकर्षक सजावटले घरलाई सुन्दर मात्र बनाउने होइन, यसले स्वस्थ हावाको पूर्ति गर्छ । हाउस प्लान्ट अन्य रुख–बिरुवाजस्तो ठूला र धेरै जमिन चाहिने स्वभावको हुँदैन । यो अरू फूलजस्तो सिजनएवल पनि हुँदैन । यो लामो समयसम्म बाँच्न सक्छ । गमला घरका फाउन्डर÷अध्यक्ष दीपेन्द्र तुलाधरका अनुसार यी प्लान्टको आयु ५ देखि २० वर्षसम्मको हुन्छ । फूल फुल्ने प्लान्ट पनि अरूजस्तो एकपटक फुलेर मर्ने स्वभावको हुँदैन । त्यसैले हाउस प्लान्टलाई एउटा स–साना भाँडामा घरका विभिन्न कोठा, प्यासेज, बरन्डा, किचन, डाइनिङ रुम, डोरीमा झुन्ड्याएर राख्न सकिन्छ । यसले घरमा हरियाली वातावरण र सुन्दर दृश्यावलोकनका लागि जोकसैलाई मोहित पार्न सक्छ । यही विशेषताका कारण अचेल प्रायः सबैले घरमा हाउस प्लान्ट राख्ने चलन र सोखमा वृद्धि हुँदै गइरहेको छ । पसलमा गएर आफूलाई मन पर्ने प्लान्ट खरिद गर्न सक्छौं र घरमा उपयुक्त ठाउँमा सजाएर राख्छौं । तर, त्यसको सुरक्षा र संरक्षणको विषयमा ध्यान दिएका हुँदैनौं । प्लान्टको उचित हेरचाहले स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । सामान्यतया इन्डोर प्लान्टमा तीन प्रकारका मल प्रयोग गर्न सकिन्छ । झोल मल, एनपिके (नाइट्रोजन, फोस्फोरस र पोटासियम) र जैविक (अर्गानिक) मल प्रमुख हुन् । बिरुवा स्वस्थ रहन, हुर्कन, फूल तथा दाना आदि वृद्धिका लागि पौस्टिक तत्वको आवश्यकता पर्दछ । यसका लागि बिरुवालाई आवश्यकताअनुसार समय–समयमा मलजल, गोडमेल, हेरचाह गर्नुपर्दछ । झोल मल र दानादार मल बजारबाट खरिद गर्नुपर्छ । यी मल प्रयोगले बिरुवालाई आवश्यक पोषक पूर्ति गर्छ । जस्तै, नाइट्रोजनले बिरुवालाई हरियो बनाइराख्न सहयोग गर्छ । त्यसैगरी फस्फोरसले जरालाई वृद्धि गर्न सहयोग पुग्छ भने पोटासियमले बिरुवामा फूल, दानाको विकासमा सहयोग गर्दछ । इन्डोर प्लान्टका लागि आवश्यक मल घरमै पनि बनाउन सकिन्छ । घरबाट निस्कने फोहोरजन्य वस्तु जस्तै, चिया दाना, अन्डाको खोस्टा, पिनाको धुलो, हड्डीको धुलो आदि मलको रूपमा प्रयोग गर्न सकिन्छ । प्लान्ट रोप्दा सफा माटोमा कोकोपिट (नरिवलको धुलो), कम्पोस्ट मल मिलाउनुपर्दछ । त्यसपछि प्रत्येक २ वर्षमा कम्पोस्ट मल प्रयोग गर्नुपर्दछ । प्लान्टको प्रकृतिअनुसार सातामा दुई पटक र तीन सातामा एकपटकसम्म पानी हाल्ने गर्नुपर्दछ । मल पनि आवश्यकताअनुसार प्रयोग गर्नुपर्दछ । जस्तो, कुनै प्लान्ट ढिलो वृद्धि हुने प्रकृतिका हुन्छन् भने कुनै छिटो वृद्धि हुने हुन्छन् । छिटो वृद्धि हुने प्लान्टलाई धेरै पोषक तत्व आवश्यकता पर्दछ भने ढिलो वृद्धि हुने प्लान्टलाई कम । विशेषगरी प्लान्ट वृद्धि हुने गर्मीयाम (समर सिजन) हो । त्यो समय बढी पोषक तत्वको आवश्यकता पर्ने भएकाले बढी मल दिनु जरुरी पर्छ । त्यसैगरी फूल फुल्ने समय पनि बढी मल जरुरी हुन्छ । कुन प्लान्टमा कति पानी हाल्ने भन्ने जानकारी नहुने भएकाले प्लान्ट किन्दा यसबारे सोधीखोजी भने गर्नुपर्छ । इन्डोर प्लान्ट र आउटडोर प्लान्टका लागि आवश्यकताअनुसार विभिन्न माटोका गमला, म्याक्रेम, पीभीसी गमला, सेरामिक्स, प्लास्टिकका भाँडा प्रयोग गर्न सकिन्छ । साधरणतया इन्डोर प्लान्टका लागि सेरामिक्स गमला प्रयोग गरिन्छ । आउटडोर प्लान्टका लागि माटोका गमला प्रयोग गरिन्छ । झुन्ड्याउन प्रयोग गरिने प्लान्टमा भने प्लास्टिक वा अन्य विभिन्न भाँडा प्रयोग गर्न सकिन्छ । प्लान्टलाई समय–समयमा सरसफाइ, गोडमेल, काँटछाँट गरिरहनुपर्दछ । यसका लागि कैंची, भ्यासल, स्प्रे बोतल, चक्कु, कुटो आदि औजार प्रयोग गर्न सकिन्छ । प्लान्टको संरक्षण र वृद्धिका लागि उचित हेरचाह र आवश्यक मलजलमा विशेष ध्यान दिनु आवश्यक छ ।

पार्किङस्थल बनाउन रुख कटान

इटहरीको मुख्य बजार क्षेत्रको पार्किङ व्यवस्थापन गर्न भन्दै इटहरी उपमहानगरपालिकाले सडकपेटिका रुख कटान गरेको छ । इटहरी उपमहानगरपालिकाले सडकपेटिमा रहेका पुराना ठूला रुख डोजर लगाएर काटेको हो ।