दाङ र सप्तरीका प्रमुख जिल्ला अधिकारीको सरुवा

गृह मन्त्रालयले दाङ र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयका सह–सचिव एवं प्रवक्ता जनकराज दाहालले दाङका प्रजिअ दीर्घनारायण पौडेल र सप्तरीका प्रजिअ फणीन्द्रमणि पोखरेललाई सरुवा गरिएको जानकारी दिनुभयो । प्रवक्ता दाहालका अनुसार दाङका प्रजिअ पौडेललाई गृह मन्त्रालयमा सुरुवा गरिएको छ भने सप्तरीका प्रजिअ पोखरेललाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ । त्यस्तै गृह मन्त्रालयमा रहेका रामबहादुर कुरुम्वाङलाई दाङमा पठाइएको उहाँले बताउनुभयो ।

सम्बन्धित सामग्री

दाङ र सप्तरीका सिडिओको सरुवा

९ असार, काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दाङ र सप्तरी जिल्लाका प्रजिअहरुको सरुवा भएको हो । गृह मन्त्रालयमा रहेका रामबहादुर कुरुम्वाङलाई दाङमा र दाङका प्रजिअ दीर्घनारायण पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी गृह मन्त्रालयको योजना महाशाखाका जयनारायण आचार्यलाई सप्तरीमा र सप्तरीका प्रजिअ फणीन्द्रमणि पोखरेललाई कारागार […]