ट्विटर विवादमा एलन मस्कले राहत पाएनन्, अदालतमा सुनुवाई हुने

टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्कलाई अमेरिकी अदालतले झट्का दिएको छ । अमेरिकी अदालतले एलन मस्कविरुद्ध ट्विटरको मुद्दाको सुनुवाई अक्टोबरमा निश्चित गरिएको छ ।एलन मस्कले ढिलो सुनुवाईका लागि माग गरेका थिए । उनले ट्विटर खरिद गर्नका लागि ४४ अर्ब डलरको सम्झौता गरेका थिए, जसबाट अब एलन मस्कले पछि हट्ने निर्णय गरेका छन् ।त्यसपछि सोसल मिडिया कम्पनी ट्विटरले सम्झौता पूरा गराउनका लागि अदालतको ढोका ढक्ढकाएको थियो । अदालतले एलन मस्कलाई ५४.२० डलर प्रति सेयरको निश्चित मूल्यमा अधिग्रहण पूरा गर्न आदेश दिने