सिद्धार्थ बैंक–चितवन मिडटाउन रिसोर्ट सम्झौता

काठमाडौं (अस) । सिद्धार्थ बैंक र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिसोर्ट प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका बागमती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र चितवन मिडटाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकका ग्राहकले चितवन मिडटाउन रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ प्रयोग गरेबापत होटल बसाइ सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधाले ग्राहकलाई छुटको सुविधासहित नगद कारोबारबाट डिजिटल कारोबारमा उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित सामग्री

सिद्धार्थका ग्राहकलाई मिराबेलमा छुट

सिद्धार्थ बैंक र धुलिखेलस्थित रहेको मिराबेल रिसोर्ट एन्ड होटलबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । आइतबार भएको सम्झौताअनुसार बैंकका ग्राहकले उक्त रिसोर्टमा कार्ड तथा