पाकिस्तानमा विध्वंशकारी बाढीका बीच नदीमा बनाइएको हनिमुन होटलको चर्चा

‘बाढी त आइरहेकै थियो तर पानीसँगै एउटा ठूलो ढुङ्गा आयो जसले होटेलको जग हल्लियो । त्यसपछि भवन माथिबाट भत्कियो तर अझै पनि होटलको भवन धेरै हदसम्म बाँकी छ होला भन्ने आशा छ ।’ यो भनाई हो कालामस्थित न्यु हनिमुन होटलका मालिम हुमायुँ शिनवारीको जसको होटल भत्किएको भिडियो सोसल मिडियामा भाइरल भएको थियो ।यो होटल नदी भित्र निर्माण गरिएको थियो । यस होटलमा क्षति पुगेको यो पहिलो पटक भने होइन । सन् २०१० को बाढीमा पनि यस होटलको भवन नराम्ररी क्षतिग्रस्त भएको थियो ।आखिर नदी भित्र वा नदीको किनारामा नै होटल