एउटै वडाबाट एक करोडको दूध बिक्री

कास्की : माछापुच्छ्रे  गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमुना बन्दै गएको छ। व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन्।  गाउँपालिकाको वडा नम्बर ३ घाचोक र वडा नम्ब ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ। लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्...

सम्बन्धित सामग्री

तीन टोलका किसानले ४८ लाखको दूध बिक्री गरे

दैलेखको नारायण नगरपालिकाका तीन वडाका तीनवटा टोलले एक वर्षमा ४८ लाखको दूध बिक्री गरेका छन् । नारायण नगरपालिका वडा नं ३ कालीमाटी, वडा नं. ११ विन्ध्यवासिनी र वडा नं ६ बिजौराका...

युवाले गठन गरेको सहकारीबाट ४४ लाखको दूध बिक्री

बलेवा– वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा ४४ लाखको दूध बिक्री गरेको छ ।बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले एकै वर्षमा ४४ लाख बढीको दूध बिक्री गरेका हुन् । साविक कुश्मीशेरा गाविस-३ र ४ बाट वैदेशिक रोजगारीबाट फर्केका युवाको सहभागितामा सहकारी सुरु गरिएको थियो । […]

दूध बिक्री हुन थालेपछि कृषक भैंसी पालनमा आकर्षित

सुर्खेतको चिङ्गाड गाउँपालिकाका कृषकहरु व्यावसायिक पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । दूध बिक्री हुन थालेपछि छोड्दै गएको पशुपालन पेशामा पुन कृषकहरुको आकर्षण बढ्न थालेको हो । गाउँपालिकाको पशु सेवा शाखाको तथ्यांक अनुसार चिङ्गाडबाट दैनिक औषतमा एक हजार चार सय लिटर दूध निर्यात हुने गरेको छ । दूध बिक्रीबाट मासिक करिब २६ लाख गाउँपालिमा भित्रिने गरेको […]

सडक किनारामा दूध बिक्री वितरणमा रोक

बुटवल । बुटवल उपमहानगरपालिकाले खुला रुपमा सडक किनारामा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालले खुलारुपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गरेको जानकारी दिनुभयो । उहाँले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई दर्ता गर्नको लागि निर्देशन दिएको पनि बताउनुभयो । दुग्धजन्य पदार्थलाई व्यवस्थित र स्वस्थकर बनाउनका […]

दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउँदै किसान

गलकोट– बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै ६ करोड ११ लाख ६८ हजार तीन सय १६ गाउँमा भित्र्याउन सफल भएका हुन् । उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकहरूले मनग्य आम्दानी गर्दै आएका छन् । बागलुङ नगरपालिका […]

खोला तरेर दूध बिक्री गर्नुपर्ने बाध्यता

पक्की पुलको विकल्पमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएपछि तनहुँको व्यास नगरपालिका–१३ बेलवासका कृषक जोखिमपूर्ण तरिकाले खोला तरेर दूध बिक्री गर्न बाध्य भएका छन् ।  गत असार १७ गते आएको बाढीले व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएपछि नगरपालिकाले असार २७ गते अस्थायी डाइभर्सन बनाएको थियो । डाइभर्सन पनि सोमवारको बाढीले बगाइदिएपछि कृषक थप मारमा परेका हुन् । छाब्दीखोलामा १८ वर्ष अगाडि पक्की पुल निर्माण भएको थियो ।  अस्थायी डाइभर्सन निर्माणपछि केही सहज भएको स्थानीय कृषकलाई पुनः सास्ती...

सहकारीबाटै वार्षिक १८ लाख लिटर दूध बिक्री

– कृष्ण दवाडी कास्की, १० भदौ: माछापुच्छ्रे गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् । सरकारले दूध उत्पादनका आधारमा अनुदान दिन सुरु गरेपछि साना तथा व्यवसाय उन्मुख कृषकले सहकारी संस्थाबाट दूध बिक्री गर्ने गरेका […]

खीर खाने दिन ७५ प्रतिशत बढी दूध बिक्री

काठमाडौं, साउन १६ । साउन १५ अर्थात् खीर खाने दिन । परम्परादेखि खीर खाने दिनका रूपमा मनाउँदै आएको यो दिन अर्थात् साउन १५ लाई खीर दिवसका रूपमा मनाउने सरकारले घोषणा गरेको छ । खीर खाने दिन भएको हुनाले अरू दिनको तुलनामा ७५ प्रतिशत बढी दूध बिक्री भएको छ । अरू दिन छदेखि सात लाख लिटर […]

दूध बिक्री नभएपछि पर्वतका कृषक चिन्तित

पर्वतको फलेवास नगरपालिकाका किसान दूध बिक्री नहुँदा मर्कामा परेका छन् । लामो समयको निषेधाज्ञाका कारण दूध बिक्री नभएकाले किसान मर्कामा परेका हुन् । फलेवासको देवीस्थान र कुर्घाका करिव एक हजार ५ सय जना कृषकहरु सहकारीमा आवद्ध भई पशुपालन गर्दै आएका छन् । उनीहरुले फलेवासमा संकलन केन्द्र सञ्चालन गरी दूध संकलन गर्दै आएका छन् । दूध […]

निषेधाज्ञाले रोक्यो दूध बिक्री

सल्यान । सल्यानका पशुपालक किसानले उत्पादन गरेको दूध बिक्री हुन सकेको छैन । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले झन्डै डेढ महिनादेखि जारी गरेको निषेधाज्ञाका कारण दूध बिक्री हुन नसकेको हो । दूध बिक्री नभएपछि पशुपालन तथा दूध बिक्री गरेर जीविकोपार्जन गर्दै आएका किसान बढी मर्कामा परेका छन् । दुग्ध व्यवसायीले दूध खरिद कम गरेपछि व्यवस्थापन गर्न समस्या भएको किसानको भनाइ छ । कोरोनाको त्रास र निषेधाज्ञाले जिल्लाका व्यावसायिक दूध किसान निकै मर्कामा परेका छन् । किसानले उत्पादन गरेको दूध बिक्री गर्न सकिरहेका छैनन् । एकातिर उपभोक्ताले दूध खान पाएका छैनन् भने अर्कातिर किसानलाई दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ । दूध बिक्री नहुँदा मासिक १ लाख ५० हजारका दरले घाटा लागिरहेको त्रिवेणी गाउँपालिका–६ लुहामका किसान कृष्णकुमार रेउलेले बताए । ‘अहिले निषेधाज्ञा छ । गाईलाई दूध नदेऊ भन्ने कुरै भएन । तर, दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ,’ उनले भने । ६ वर्षदेखि कृष्ण गाई फार्म सञ्चालन गर्दै आएका रेउलेले दैनिक १ सय २० लिटरभन्दा बढी उत्पादित दूधले बजार नपाएको गुनासो गरे । ‘२० वटा गाईबाट बिहान–साँझको दूध १ सय २० लिटरभन्दा बढी हुन्छ । पहिले डेरी खुला थिए र लिन्थे तर आजभोलि निषेधाज्ञाले दूध नै बिक्री भएको छैन,’ उनले भने । निषेधाज्ञाले दूध मात्र बिक्री गर्न समस्या नभई वस्तुभाउलाई खुवाउने दाना ल्याउनसमेत समस्या भइरहेको रेउलेले  बताए । ‘दाना ल्याउन दाङ जाँदा पास नभएको भन्दै प्रहरीले बीच बाटोबाटै फर्काइदियो’, उनले भने ।  निषेधाज्ञामा सवारी साधन नचल्दा दूध ढुवानीमा समस्या भएको सिद्ध कुमाख गाउँपालिका–१ पटोरका किसान राजेशकुमार बस्नेतले बताए । दैनिक ४५ लिटर दूध उत्पादन भए पनि आफ्नो साधन नहुँदा डेरीसम्म पुर्‍याउन सास्ती भोग्नु परेको उनको गुनासो छ । ‘निषेधाज्ञाअघि दूध बिक्रीबाट मासिक ८० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको भए पनि अहिले आम्दानी घटेको उनले जानकारी दिए ।