सुडी समाज काठमाडौँले स्मरण शक्तिका माध्यमबाट ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका डा नवल पञ्जियारलाई सम्मान गरेको छ ।
जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मनुभएका डा पञ्जियारले एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्वमा नयाँ कीर्तिमान राख्न सफल भएका हुन् । श्रम, उद्यममा लिन हुने कर्मठताले एउटा जागरुक, परिश्रमी र लगनशीलताका रुपमा आफूले जन्मेको स्थान, प्रदेश, देश र अन्तरराष्ट्रिय परिवेशमा प्रेरकको भूमिका निर्वाह गरी सुडी समुदाय र समाजलाई गरेको योगदानको कदर ...