सञ्चालनमा आएन खुला कारागार

बाँकेको गनापुरस्थित देशकै पहिलो खुला कारागार अझै सञ्चालनमा आउन सकेको छैन। सो कारागार तीन वर्षअघि नै निर्माण सम्पन्न भएको हो। कारागार सञ्चालनका लागि कार्यविधि नबन्दा सञ्चालनमा आउन नसकेको कारागार कार्यालय बाँकेले जनाएको छ। गनापुरमा करिब ३७ कोठे खुला कारागार भवन तयार भएको छ। सो कारागारका जेलर अर्जुनजङ्ग शाहका अनुसार दुई तिहाइ कैद भुक्तान गरेकालाई राख्नका लागि देशकै पहिलो खुला कारागार निर्माण गरिएको हो। कारागार सञ्चालनका लागि कारागार विभागले कार्यविधि नबनाउँदा सञ्चालनमा समस्या आएको छ।

सम्बन्धित सामग्री

संरचना तयार भएको चार वर्षसम्म पनि सञ्चालनमा आएन देशकै पहिलो खुला कारागार

बाँकेको गनापुरमा १२ वर्षअघि नै तयार प्रशासनिक भवनसहित चार वर्षअघि सम्पन्न कारागार भवन सञ्चालनमा नआउँदा जीर्ण बन्दै, कार्यविधि नबन्दा हुन सकेन सञ्चालन  साढे दुई तलाको १८ कोठे प्रशासनिक भवन १२ वर्षअघि नै...