बहुदल आउनुभन्दा अघि कम्युनिस्टहरु भूमिगत थिए भने कांग्रेस प्रतिबन्धित थियो । बहुदल आएपछि २०४८ सालमा चुनावी प्रक्रियामा जानुपर्ने भयो । सबै दल चुनावी योजना र रणनीतिमा त्यतिबेला नयाँ थिए ।प्रायः सबै नेता युवा भएकाले जोस, जाँगर र उत्साह थियो । चुनाव हुने भएपछि सबै कार्यकर्ता पार्टीले खटाएको क्षेत्रमा चुनाव प्रचारमा जुट्थे । सबै चुनाव सामग्री गाउँगाउँसम्म लाग्नु पर्थ्यो । मतदातालाई भोट हाल्ने तरिका सिकाउनेदेखि पार्टीको झण्डा, चुनाव चिह्न चिनाउने कामसम्म हुन्थ्यो ।सवारी साधनका रुपमा मोटरसाइकल समेत प्