कपिलवस्तु । मर्मत सम्भार नहुँदा जीर्ण भएको कपिलवस्तुको सीमावर्ती कृष्णनगर बजारको सडक कालोपत्रे हुन सुरु भएको छ । कालोपत्रे भत्किएर जीर्ण भएको दुई दशक बढी समय बितेपछि बल्ल सडक पुनःनिर्माण सुरु भएको हो । भारतीय रेल्वे स्टेसनबाट सबैभन्दा नजिक दूरी रहेको कृष्णनगर नाकाको सडकको अवस्था जीर्ण भएको कारणले यात्रुहरूले निकै सास्ती खेप्दै आएका थिए । […]