राजस्वमा उच्च योगदान गर्नेलाई परिसंघको सम्मान

नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यहरूलाई सम्मान गरेको छ।...

सम्बन्धित सामग्री

कर राजस्वमा उच्च योगदान गर्ने व्यक्ति तथा संस्थालाई परिसंघको सम्मान

काठमाडौं। नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदातालाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ संस्था तथा व्यक्तिलाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई सरकारी लगानी रहेका कम्पनी र १४ निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । १४ मध्ये ११ परिसंघका सदस्य छन् ।  आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी कर तिर्ने करदातामध्ये निर्यात कारोबारमा डाबर नेपाल प्रालि, विशेष उद्योगमा एशियन पेन्ट्स प्रालि, कृषि एवं पशुपन्छीजन्य उद्योगमा ओसीबी फुड्स एण्ड फिड्स प्रालिलाई परिसंघले सम्मान गरेको हो । यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामा ग्लोबल आइएमई बैंक लिमिटेड, बीमा व्यवसायमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायमा मनकामना दर्शन प्रालिलाई परिसंघले सम्मान गरेको छ । यसैगरी, वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमा भोटेकोशी पावर कम्पनी प्रालि, रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबारमा आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने सूर्य नेपाल प्रालिलाई परिसंघले सम्मान गरेको छ ।  परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल सदस्य अनुज अग्रवाल, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, अमित मोर, पदाधिकारी सदस्य सन्दीप शारडा लगायत सहभागी थिए ।

१६ उच्च करदातालाई परिसंघको सम्मान

१७ मंसिर, काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस–२०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको …

राजस्व बढी बुझाउने व्यवसायीलाई परिसंघको सम्मान

नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यलाई फेरि सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित मध्ये ४ वटा सरकारी लगानी रहेका कम्पनी छन् भने १२ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् […]

कर राजश्वमा उच्च योगदान गर्ने सदस्यलाई परिसंघको सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानितमध्ये ४ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् । भने १२ वटा निजी एवं सार्वजनिक […]

श्रेष्ठ र शाहलाई परिसंघको सम्मान

नेपाल उद्योग परिसंघ पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ।...

आरोही श्रेष्ठ र कान्स अवार्ड विजेता शाहलाई परिसंघको सम्मान

नेपाल उद्योग परिसंघको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ । श्रेष्ठले हालै नेपालमा रहेका ८ हजार बढी उचाईका ७ वटा हिमालको सफल आरोहण गरेकी थिइन् ।उनले एकै सिजनमा तीन वटा हिमालको पनि सफल आरोहण गरेकी थिइन् । यस्तै पटकथा र सिर्जनशीलता विशेष कुशलता भएका चलचित्र निर्माता शाहले हालै फ्रान्समा सम्पन्न प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा लोरी चलचित्रमार्फत स्पेशल मेन्सन अवा

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा परिसंघको सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा विभिन्न क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेको छ । परिसंघले महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषलाई पनि सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा परिसंघले आफ्नो क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका रेणु शर्मा, कमला उप्रेती, उमा तामाङ, शर्मिला श्रेष्ठ, प्रकृति...

के टू हिमाल आरोहीलाई परिसंघको सम्मान

विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीहरुलाई नेपाल उद्योग परिसंघले सम्मान तथा स्वागत गरेको छ । परिसंघका अध्यक्षसतिशकुमार मोरसहितको टोलीले हिमाल आरोही निर्मल पूर्जालगायत आरोहण टोलीलाई सम्मान गरेको हो । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मोरले टोलीको सफल आरोहणले नेपालीहरुको गौरव थप बढाएको बताए । टोलीले गत माध ३ गते ८,६११ मिटर अग्लो के […]

उत्कृष्ट करदातालाई परिसंघको सम्मान

नेपाल सरकारले छनोट गरेका उत्कृष्ट करदातालाई नेपाल उद्योग परिसंघले सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले