बोक्सीको आरोपमा १७ वर्षे किशोरीमाथि भएको कुटपीट घटनाको जाहेरी लिन नमान्ने ईलाका प्रहरी कार्यालय सुख्खडका सई निलम्बनमा परेका छन्। बिहिबार कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी १७ वर्षीय राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको थियो। घटनाका दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सुख्खडमा पीडित युवतीका आफन्तले प्रहरीमा उजुरी दिन जाँदा प्रहरी कार्यालयले उजुरी…