छाडा पशुचौपायाले दुर्घटनाको जोखिम

इनरुवा । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा र कोसी व्यारेज सडकखण्डमा छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ । इनरुवा पश्चिमको सुनसरी खोलापुलदेखि कोशी गाउँपालिका–८ कोशी ब्यारेजसम्म छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकले बताएका छन् । मुख्य राजमार्ग भए पनि सवारी चापको आधारमा साँघुरो सडक रहेको र त्यही सडकमा पशु चौपाया […]

सम्बन्धित सामग्री

बन्यो गौशाला, कम भए दुर्घटना

केही समय पहिला वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा सडकमा छाडिने छाडा पशुचौपायाका कारण मानवीय र पशुधन दुर्घटनामा पर्दा हैरानी हुने गरेको छ । गाईले दुध दिन छाडेपछि र गोरुले जोत्न नसक्ने भएपछि स्थानीयले छाडा छोड्दा दुर्घटनाको जोखिमसँगै व्यवस्थापनमा निकै चुनौती नगरपालिकाले खेपिरहेको थियो तर वीरेन्द्रनगर नगरपालिका–११, भेरी नदीस्थित समौजीघाटमा गौशाला निर्माण गरेर छाडा पशुचौपाया राख्न थालेपछि नगर क्षेत्रमा केही हदसम्म दुर्घटनाको जोखिम टरेको छ भने गौशालालाई आयआर्जनमा जोड्ने प्रयासमा नगरपालिका लागेको छ ।