पाँचथर – राष्ट्रिय जनमुक्ति पार्टीसहितको ६ दलले गरेको बन्दकाे आह्वानले पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
लालमोहर दिवसको अवसरमा आज लालमोहर सन्धिको मर्मअनुसार अरुणपूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा जिल्लालाई लिम्बुवान राज्य बनाइनुपर्ने माग राख्दै बन्दकाे आह्वान गरिएको हो ।
बन्दले पूर्वका नौ जिल्लामा लामो तथा छोटो दूरीका यातायात ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बन्दको कार्यक्रमलाई विभिन्न पहिचानवादी पार्टी र सङ्घ–सङ्गठनले ऐक्यबद्धता जनाउँद...