सिन्जो आबेको  हत्या र नेपालको भूराजनीतिक परिस्थिति

जुलाई ८ तारिख स्थानीय समयअनुसार बिहानको ११ः३२ मा जापानका लोकप्रिय पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि पश्चिम जापानको नारा सहरको चुनावी कार्यक्रममा गोली प्रहार भयो । गोली लागेको लगभग साढे पाँच घण्टापछि उनलाई अस्पतालले मृत घोषणा गरियो । दोस्रो विश्वयुद्धपछि जापानी इतिहासमा यति उचाइ हासिल गरेको व्यक्तिको हत्या भएको पहिलो घटना थियो । सन् २००७ मा नागासाकीका मेयरको गोली हानी हत्या भएको थियो । गोली काण्ड छिटफुट रूपमा भए पनि हत्यासम्मको घटना जापानमा निकै कम हुने गरेको छ । आबेको हत्याले सिङ्गो जापान र उनला