चितवन : भरतपुर आँखा अस्पतालले एकैदिन १३५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको छ। डा. पुष्पा गिरी श्रेष्ठको टिमले एकै दिन १३५ जनाको शल्यक्रिया गरेको अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिए।अस्पतालको इतिहासमै एकै दिन यति धेरै संख्यामा मोतियाविन्दुको शल्यक्रिया गरिएको पहिलोपटक भएको घिमिरेले बताए। अस्पतालले देशभर आँखा उपचारमा पहुँच पुर्याउन र विपन्न समुदायलाई लक्षित गरी आँखा शिविरको आयोजना गरिएको उनको भनाइ छ।पर्साको जगरनाथपुर गाउँपालिका र जीराभवानी गाउँपालिकाका चारवटा