काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशविरुद्ध विद्रोह गर्ने भाडाको सैन्य समूह वाग्नर ग्रुपको नेतृत्वलाई न्यायको कठघरामा उभ्याउने चेतावनी दिए। वाग्नर ग्रुपको विद्रोपछि पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेका पुटिनले रुसलाई रक्तपातपूर्ण संघर्षमा धकेल्न खोजेको वाग्नरका कमाण्डरलाई कानूनको कठघरामा उभ्याउन चेतावनी दिएका हुन्। उनले आफ्नो सम्बोधनमा वाग्नर ग्रुपका लडाकु तथा केही कमाण्डर भने देशभक्त भएको समेत उल्लेख गरे। वाग्नर ग्रुपले गत शनिबार न्यायका लागि भन्दै सैन्य नेतृत्वविर