मलेसियाविरुद्ध नेपाल : सन्दीपले लिए छैटौं विकेट

काठमाडौं। कीर्तिपुरमा जारी मलेसियाविरुद्धको खेलमा नेपालले छैटौं विकेट हात पारेको छ। नेपालका सन्दीप लामिछानेले १३औँ ओभरको तेस्रो बलमा मलेसियाका अमिउद्दिन राम्लीलाई सोमपाल कामीमार्फत् क्याच आउट गराएका हुन्। राम्ली १८ बलमा एक चौका र पाँच छक्कासहित ४१ रन बनाइ आउट भए।