हेटौंडा, (नेस) । कोभिडको विपत्तिमा उपभोक्ता हितलाई केन्द्रमा राख्दै मास्क र सेनिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका सामग्रीको उचित मूल्यमा खरिद–बिक्री गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । कोरोना कहरको विषम अवस्थामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने भन्दै उद्योग/व्यवसाय क्षेत्रले महामारीको समयमा सामाजिक उत्तरदायित्व […]