शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् । “बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो,” मन्त्री पौडेलले भने, “पार्टीलाई धोका दिइ पदकै लागि एमालेमा जानुभयो, अहिले माओवादीलाई सराप्दै हुनुहुन्छ ।”आगामी स्थानीय तहको चुनावमा गठबन्धनका प्रयास भइरहेको बताउँदै पहिले आफू मजब