कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन वडा समितिलाई पूर्ण जिम्मेवारी दिएको छ । नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख मोहनमाया ढकालले स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडा समितिलाई जिम्मेवारी दिएको जानकारी दिए । नगरपालिकाको फोहरमैला व्यवस्थापनको जिम्मेवारी हाल क्लिन नेपाल नामक संस्थाले लिएको छ । फोहरमैला सङ्कलन, व्यवस्थापन र अनुगमन लगायतका […]