नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसवादी पार्टीहरू विदेशी शक्तिले बनाइदिएको आरोप लगाएका छन् । बिहीबार रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्ला लगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेसमा माओवादी स्थापित हुन नदिन शान्ति प्रक्रिया लगत्तै ठुल–ठुला हत्याकाण्डहरू मच्चाइएको बताए ।उनले रुपन्देही र कपिलवस्तुमा त्यस्ता हत्याकाण्ड मच्चाइएको भन्दै तिनै हत्याकाण्ड मच्चाएर मधेसवादी पार्टीलाई जन्माइएको बताए । ‘मधेसी जनताको अधिका