चिकित्सा शिक्षा आयोगलाई स्वास्थ्यका दरबन्दी अनुसार जनशक्ति उत्पादनमा जोड दिन सुझाव

आयोग मार्फत विभिन्न विषयमा सरकारी छात्रवृत्तिमा अध्यापन गरेका जनशक्तिको दरबन्दी स्वास्थ्यमा नहुँदा स्वास्थ्य संस्थामा खटाउन समस्या देखिएको छ। उक्त विषयमा शुक्रबार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र आयोगका पदाधिकारीहरुबीच उच्चस्तरीय छलफल भएको छ। छलफलमा दरबन्दीभन्दा बाहिरका विषयमा जनशक्ति उत्पादन हुँदा खटाउन समस्या भइरहेको निश्कर्ष निस्किएको छ।