मैले प्रधानमन्त्री र राष्ट्रपतिबाहेक जाने ठाउँ छैन : नेम्वाङ

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफू प्रधानमन्त्री वा राष्ट्रपतिबाहेक अन्यत्र जाने अवस्था नभएको बताएका छन्। नयाँ समीकरणमा एमालेले राष्ट्रपति पाउने र त्यो पदमा नेम्वाङको चर्चा भइरहेका बेला उनले यस्तो बताएका हुन्। ‘पाँच पटक सभामुख, दुई पटक संविधानसभाको अध्यक्ष भइसकेँ अब मैले मन्त्री वा उपप्रधानमन्त्रीमा जानु हुँदैन। त्यसो भयो भने पदप्रतिको मोह देखाउनु हुन्छ। थाहाखबरसँग कुरा गर्दै नेम्वाङले भने, ‘त्यसैले मैले प्रधानमन्त्री वा राष्ट्रपतिबाहेक अन्यत्र जाने ठाउँ