टीकापुर घटनाको मुद्दामा बहस गर्नुभएका वरिष्ठ अधिवक्ता भन्नु हुन्छ, ‘मुद्दा फिर्ता लिन मिल्दैन’

कैलाली – सरकार र थारु कल्याणकारिणी सभा, थरुहट/थारुवान सङ्घर्ष समितिबीच गएको जेठ १८ गते मङ्गलवार ६ बुँदे सहमति भएको थियो । दुई पक्षबीच टीकापुर घटनामा दोषी ठहर भइ जेल सजाय भोगिरहेका रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता लिन संविधान र कानुनसम्मत पहल गर्ने सहमति भएको थियो ।  टीकापुर घटनाको मुद्दामा वादीका तर्फबाट बहस गर्नुभएका वरिष्ठ अधिवक्ता राजेन्द्र सिँह साउँद भने कानुनी रुपमा मुद्दा फिर्ता गर्न नपाउने बताउनुहुन्छ । ‘२०७३ सालमा फौजदारी मुद्दा फिर्तासम्बन्धी एउटा निर्देशिका बनेको छ&rsq...