एजेन्सी । भारतको हरियाणामा शंकास्पद विषाक्त मदिरा सेवनबाट थप पाँच जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १२ पुगेको छ । अधिकारीहरूले शुक्रबार यमुनानगर जिल्लामा १० जनाको मृत्यु भएको र छिमेकी अम्बाला जिल्लामा दुई जनाको ज्यान गएको जानकारी दिएका छन्। विषाक्त मदिराका कारण यति ठूलो संख्यामा मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।